no comments

पोखरामा खुल्ला फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा, ९ चैत/ राजन ब्रदरहुड र स्पोर्टस् क्यासल प्रालिद्वारा पोखरामा आयोजना हुने प्रथम खुल्ला फुटसल प्रतियोगिताको तयारी अन्तिम चरण्मा पुगेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित पोखरा महानगरपालिका ४ गणेशटोल स्थित स्पोर्टस् क्यासलमा चैत्र १० देखि १२ गते सम्म आयोजना हुने ‘प्रथम राजन खुल्ला फुटसल प्रतियोगिता २०७७’ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक आशिस क्षेत्रीले जानकारी दिए ।

उनका अुनसार नेपालकै सर्वाधिक उपाधि राशिको प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका क्लबहरुले टिम दर्ता गरेको बताए । उनले काठमाडौंका १० बढि टोलीले टिम दर्ता गरिसकेको बताउदै पोखरेली क्लबहरुले पनि टिम दर्ता गराईरहेको बताए ।

फुटबलसँगै फुटसलको विकास गर्ने उद्देश्य सहित आयोजना हुन लागेको सो प्रतियोगितामा स्तरिय खेलाडीहरुले सहभागिता जनाउने बताउदै पोखरेली उदीयमान खेलाडीहरु समेत प्रतिस्पर्धामा उत्रने उनले बताए ।

संयोजक क्षेत्रीका अनुसार उक्त प्रतियोगिताको सबै खेलहरु फुटसल फिफा रेफ्री माया लामाले खेलाउनेछन् । सो प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३ लाख प्रदान गरिनेछ । त्यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५० हजार प्राप्त गर्नेछ ।

यसैगरी प्रतियोगिताबाट सर्बाेत्कृष्ट बन्ने खेलाडीलाई नगद रु २५ हजारबाट पुरस्कृत गरिनेछ । भने विधागत तर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार प्रदान गरिनेछ ।

सो प्रतियोगिताको क्वाटरफाईनल खेलबाट म्यान अफ द म्याचको आकर्षक ट्रफीद्वारा खेलाडीलाई पुरस्कृत समेत गरिनेछ ।
प्रतियोगिताको अवधिमा पोखरा क्षेत्रका पूर्व राष्ट्रिय फुटबल खेलाडी र ए डिभिजनका खेलाडीहरुलाई फुटबलको विकासमा योगदानको कदर गर्दै सम्मान समेत गरिने समेत आयोजकले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese