no comments

पोखरामा मंगलबार यस वर्ष कै गर्मी मापन

सागर राज तिमिल्सिना
पोखरा, २० साउन / मन्सुन सकिन लाग्दा पोखरामा मंगलबार निकै गर्मीको महशुस भएको छ ।पोखरामा मंगलबार बिहान देखि नै चर्किएका घामका कारण गर्मी महशुस भएको हो ।

पोखरामा मंगलबार यो वर्षको सबै भन्दा बढि अघिक्तम तापक्रम ३४ दशमब ७ डिग्रि सेल्सियस मापन भएको मौषम विज्ञान पोखरा कार्यालयका प्रमुख राजाराम ढकालले जानकारी दिए ।

पोखराको न्युनतम तापक्रम २३ दशमलव ५ डिग्री मापन भएको छ । पोखरामा केही दिन देखी वर्षा नहुदाँ गर्मी बढ्दै आएको छ ।

पोखरामा सन् १९९९ अप्रिल २८ मा अहिले सम्मकै सबैभन्दा बढी तापक्रम ३७ दशमलव ४ डिग्रि सेल्सियस मापन भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese