no comments

पोखरामा १७ सहित गण्डकी प्रदेशमा ७६ जनामा कोरोना पुष्टि

पोखरा, २ असोज / गण्डकी प्रदेशमा शुक्रबार थप ७६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकीका ४ जिल्लाका ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीका तीन जना बालक, ९ जना पुरुष र ५ जना महिला गरी १७ जनामा, नवलपुरका २५ जना पुरुष र ९ जना महिला गरी ५४ जना पुरुष, तनहुँका ४ जना पुरुष र स्याङजाका १ जना पुरुषमा कोरोना देखिएको शर्माले जानकारी दिए ।

यो सगँ गण्डकी प्रदेशमा ३ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म १ हजार ९ सय ७५ जना निको भएर घर फर्किएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese