no comments

पोखरामा माघ २७ देखि राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता

पोखरा, १२ माघ / पोखरामा माघ अन्तिम सातादेखि टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ ।

टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनमा माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालाको भलिवल कोर्टमा प्रतियोगिता हुने सोमबार आयोजीत पत्रकार सम्मेलनमा टाइगर गु्रप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।

पश्चिमाञ्चल भलिबल संघको व्यवस्थापन र नेपाल भलिबल संघको समन्वय रहने प्रतियोगिता पुरुष र महिलातर्फ उत्कृष्ट चार टोलीहरुको सहभागिता रहनेछ । महिलातर्फ तीन विभागीय टोली एपीएफ नेपाल पुलिस त्रिभुवन आर्मी सहित न्यु डायमण्डले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै पुरुषतर्फ तीन विभागीय टोलीसहित गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने शर्माले जानकारी दिए । प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले १ लाख ५० हजार नगर, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यसै गरी दोस्रो हुनेले नगद ७५ हजार, तेस्रो हुनेले नगद ३५ हजार र सान्तोना नगद १५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने शर्माले जानकारी दिए । उत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट सर्भर, सेटर, व्लकर, डिफेन्डर र स्पाइकरले नगद ५ ÷५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

TechSansar.com - Technology Navigator website for Nepalese