no comments

पोखरामा ६८ सहित गण्डकी प्रदेशमा थप १०७ जनामा कोरोना, पोखराका एक जनाको मृत्यु

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशमा मंगलबार थप १ सय ७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार तनहुँ ५ जना, गोरखामा १२ जना, पर्वत १ जना, स्याङजामा ७ जना, लमजुङ १२ बागलुङ २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

यो सँगै गण्डकी प्रदेशमा ६ हजार ६८ जना पुगेको छ । मंगलबार पोखरामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका २२ का ४४ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

कास्की ३ गते कोरोना संक्रमण पुुष्टि भएको थियो । गण्डकीमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese