no comments

पोखरामा करिब २ लाख मूल्यका चोरीका सामान सहित दुई जना पक्राउ

पोखरा, १३ भदौ / कास्की प्रहरीले चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुख स्थित जय गंगामार्ग निवासी ठाकुरप्रसाद पोख्रेलको घरमा चोरी गर्ने दुई व्यक्ति पक्राउ गरी कास्की प्रहरीले सार्वजनीक गरेको छ ।

घरधनी पोख्ररेल अष्ट्रेलिया रहेको बेलामा घरको चावी फोरी घरभित्र रहेका सामग्रीहरु चोरी गर्ने पोखरा–१२ निवासी २३ वर्षीय सन्तोष लामिछाने र २० वर्षीया रोशनी थापामगर (लामिछानेलाई ) शुक्रबार पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।

डिएसपी हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट ४२ इन्चको टिभी, क्यामेरा, कुकर, भाडावर्तन, लत्ता कपडा गरी १ लाख ९५ हजार ५ सय ५० रुपैयाँ बराबरको चोरीको सामान बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई चोरी तथा डाँका कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको हमालले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese