no comments

कास्कीका सामुदायीक क्याम्पसहरुले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय

पोखरा १ पुस/ नेपाल पब्लिक क्याम्पस संघ कास्कीमा आवद्ध क्याम्पसहरुले आफ्ना विद्यार्थिहरुको पठनपाठन भौतिक उपश्थितिमा नै गर्ने भएका छन् ।

जिल्लामा रहेका सामुदायीक क्याम्पसहरुको साझा संस्था नेपाल पब्लिक क्याम्पस संघ कास्कीको मंगलबार बसेको वैठकले विद्यार्थिहरुको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई ध्यान दिदै भौतिक उपश्थिति मै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले त्रिवि रजिष्ट्रार कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाको मंसीर १४ गते जारी गरेको सूचनालाई अवलम्वन गर्दै पुष १३ देखि पठनपाठन गर्ने निर्णय गरेको हो ।

सो सूचना बमोजिम नै क्याम्पसहरुले आवश्यक सतर्कता र मापदण्ड पुरा गर्दै कक्षा सञ्चाल नगर्ने निर्णय गरेको नेपाल पब्लिक क्याम्पस संघ कार्यसम्पादन समितिका सदस्य बीरन्जी गौतमले वताए ।

निर्णय सँगै विगत नौ महिना देखि बन्द भएका क्याम्पसहरुमा प्रत्यक्ष कक्षा सञ्चाल हुने भएकाछन् । कोभिड १९ को कारण कास्कीका सामुदायीक क्याम्पसहरुले अनलाईन कक्षा सञ्चालन गर्दै आईरहेको भएता पनि प्रभावकारी भने हुनसकेको छैन ।

जसको कारण त्रिभूवन विश्व विद्यालयले सम्भव भए सम्म भौतिक उपश्थितिमा कक्षा सञ्चालन गर्न क्याम्पसहरुको नाममा सूचनाजारी गरीसकेको छ ।

जसको कारण काठमाण्डौ उपत्यका र पोखरा वाहेक अधिकांश स्थानमा प्रत्यक्ष कक्षा सञ्चालन भईसकेका छन भने त्रिविले भौतिक उपश्थितिमै स्नातक र स्नातकोत्तर तहका परिक्षाहरु संञ्चालन गरिरहेको छ भने राष्ट्रिय परिक्षाबोर्डले पनिकक्षा ११ र १२ का परिक्षा सञ्चालन गरिसकेको छ ।

उता कास्की स्थित सरकारी बिद्यालयहरुले पनि विद्यार्थिको पठनपााठनगत साता देखि भौतिक उपश्थिति मै शुरु गरिसकेका छन् ।

पोखरा महानगरपालिकाले पनि पौषको तेश्रो साता सूचना प्रकाशित गरी विद्यालयहरुलाई भौतिक रुपमा कक्षा सञ्चालन गर्ने मोडालिटीतय गर्दै भौतिक रुपमा कक्षा सञ्चालनको लागि बाटो खुला गरीसकेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese