no comments

पोखराको बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा, २२ असोज / पोखरा महानगरपालिका ६ बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राती साढे १ बजे ग१६प ५०६ नम्बर मोटरसाइक डिभाडरमा ठोकिदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्याङजा विरुवा घर भइ पोखरा १५ नयाँ गाउँ बस्ने २८ बर्षिय विवेक गुरुङ रहेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा राती साढे दुई मृत्यु भएको उनले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese