no comments

पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउने

पोखरा, ३ फागुन/ पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउदने भएको छ । पोखरा–१८ सेदीबाट सराङ्गकोट जाने गरी निर्माण गरिएको केबलकार सञ्चालनका लागि तयारी भएको पत्रकार सम्मेलनमा अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एंवम निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

२.१६५ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन् । प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ ।

केबलकार सञ्चालनमा आउदा २५ जना भन्दा बढिले रोजगारी पाउने त्रिपाडीले जानकारी दिए । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण भएको छ ।

केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने छ । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ । केबलकार निर्माण भएकाले फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिनेछ ।

केबलकार निर्माणमा २ अर्ब बढि खर्च भएको त्रिपाठीले बताए । नेपालीहरुको लागि केबलकारमा जाने र आउने शुल्क ७ सय रुपैयाँ, सार्कमुलुकका विदेशीलाई ८ सय विदेशीका लागि ९ डलर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

स्थानीय, विद्यार्थी तथा जेष्ठ नागरिक लगायतका लागि विशेष छुटको समेत व्यवस्था गरिने निर्देशक त्रिपाठीले जनाए ।
केबलकारमा कालु गुरुङ सहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese