no comments

‘मैले पहिले नै राजीनामा बोकेर गएको थिए’– शेरचन

पोखरा, २१ बैशाख/ गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएपछि अमिक शेरचनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेपछि नै राजीनामा लिएर काठमाडौं पुगेको बताएका छन् ।

सोमबार पदमुक्त भएपछि शेरचनले प्रदेश प्रमुखको निवासमा मंगलबार बिहान पत्रकार सम्मेलनमा आफ्नो राजीनामा प्रचण्डले रोकेको बताए ।

उनले आफू सक्रिय राजनीतिमै रहन चाहेको भए पनि केपी शर्मा ओलीले नै पटक पटक प्रस्ताव गरेर प्रदेश प्रमुख बनाएको बताए । शेरचनले राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद विगतमा अस्वीकार गरेको बताए ।

प्रदेश प्रमुख पनि अनिच्छाको पद भएको भन्दै उनले पदमुक्त हुन पाउँदा खुसी लागेको बताए । प्रदेश प्रमुखको निवासमा मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफू पदको लोभी नभएको प्रष्टीकरण दिए । ‘सन्त नेता क.मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ,’ शेरचनले भने, ‘न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ ।’

उनले पदका लागि राजनीति नगरेको बताए । पूर्व राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको आफुलाई प्रस्ताव आयो बताए । तर त्यो बेला पनि आफुले अस्वीकार गरेँको उनको बनाइ छ । ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese