no comments

फेवाबजारको सेवा कर्णाली प्रदेशको सुर्खेतमा पनि

पोखरा, ९ चैत/ अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले आफ्नो कर्णाली प्रदेशमा पनि बिस्तार गरेको छ । फेवाबजारले कर्णाली प्रदेशको सुर्खेतमा डिजिटल आउटलेट खोलेर सेवा दिन शुरु गरेको हो ।

सुर्खेतको बिरेन्द्र नगरपालिका मुलपानीचोकमा रहेको फेवाा बजारको १३ औं आउटलेटको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।

सुर्खेतमा आउटलेट खोलेको अवसरमा फेवाबजारले चैत महिनाभरी कर्णाली प्रदेशभर निःशुल्क होम डेलिभरी सुविधा दिने जनाएको छ । साथै ५ लाखसम्मको क्रेडिट सुविधापनि दिने निर्देशक आचार्यले बताए । कोभिडबाट थलिएका कर्णाली प्रदेशबासीलाई विभिन्न बैंकसँगको सहकार्यमा बिना धितो शून्य प्रतिशत ब्याजमा क्रेडिट सुविधा दिएको उनले प्रष्ट्याए ।

सेल्स आफ्टर सर्भाइस भन्ने मूल नारासहित सेवा सञ्चालन गर्दै आएको फेवाबजार डटकमले ३ वर्षअघि पोखराको दीप चोकबाट सेवा शुरु गरेको थियो । फेवाबजारले हाल पोखरासहित लेखनाथ, बागलुङ, तनहुँको दुलेगौंडा, डुम्रे, काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, सुर्खेतलगायत देशभरका १३ वटा आउटलेटबाट सेवा दिइरहेको जनाएको छ ।

फेवा बजार डटकमले सानो भन्दा सानो सामानदेखी लाखौं रुपैयाँ पर्नेसम्मका सामानहरु अनलाईन डेलिभरी गर्ने गरेको छ । मासिक किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखी ५ लाखसम्मको सामान बिक्री गर्ने फेवा बजार पहिलो अनलाईन बजार हो ।

उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घर घरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने हेतुले फेवाबजार डटकमले ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर/घरमा पु¥याउने गर्दछ ।

फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए ।

आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा कहिले चिनी त कहिले इयर फोन दिने गरेको फेवाबजारले कमाएको नाफाको केहि प्रतिशत सामाजिक काममा खर्चिदै आएको निर्देशक आचार्यले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese