no comments

पोखराको सृजनाचोकमा मोटरसाइकल दुर्घटना

पोखरा, ९ साउन / पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोड स्थित सृजनाचोकबाट पृथ्वीचोक तर्फ जाँदै गरेको मोटर साइकल दुर्घटना भएको छ ।

लु २५ प ५१८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जना घाइते भएका छन् । उनीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

मोटरसाईकल चालक रुपन्देही घर भई हाल पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने अन्दाजी ५० बर्षिय देवानन्द भट्टराई र मोटरसाईकल पछाडी सवार उनकी श्रीमती ४७ बर्षिय कल्पना भट्टराई घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

उनीहरुमा मध्ये देवानन्दको अवस्था सामान्य छ भने कल्पनाको अवस्था सिरियस रहेको प्रहरीको भनाई छ ।

TechSansar.com - Technology Navigator website for Nepalese