no comments

पोखरामा २ प्रहरी सहित थप ११ मा कोरोना संक्रमण

पोखरा, ९ भदौ / पोखरामा मंगलबार दुई प्रहरी सहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा भएको परीक्षणमा कास्की ११ र तनहुँका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगरपालिकामा थप २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

यस अगाडी १८ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसै गरी पोखरामा दुबई र भारतबाट फर्किएका दुई / दुई जनामा कोरोना देखिएको छ । अन्य ५ जना भने कोरोना संक्रमितको सम्र्पकमा रहेकामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नम्बरm४, ५, ७, १०, १३, १४, २८ र २९ का रहेका छन् । उनीहरु ९ बर्षिया बालिका देखी ६३ बर्षिय उमेर समुहका पुरुष रहेका छन् । यो सगँ पोखरामा २ सय ७६ जनालाई कोरोना संक्रमण देखिएको छ भने कास्कीमा ३ सय जना पुगेको छ । कास्कीमा अहिले सम्म १ सय ९५ जना निको भएर घर फर्किएका छन् । अहिले पोखराका ९९ जना आइसोलेसनमा छन् ।

त्यसै गरी मंगलबार तनहुँका भानुका ४ जना महिला र २ जना पुरुष गरी ६ जनामा कोरोना देखिएको छ । गण्डकी प्रदेशमा १ हजार ९ सय ८ जनामा कोरोना देखिएको छ भने १ हजार ६ सय ३९ जनाको कोरोना निको भएको छ । अहिले सम्म गण्डकीमा ८ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese