no comments

पोखरा ७ का कोरोना संक्रमित १७ मा पसल सञ्चालक

पोखरा, १ भदौ / पोखरा महानगरपालिका पछिल्ला केही दिन देखी दिन दिनै कोरोना संक्रमित बढेका छन् । सोमबार पोखरामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आइतबार २२ जनामा संक्रमण देखिएको थियो ।

यो सगँ पोखरामा २ सय १० जनामा कोरोना संक्रमण देखीएको छ भने कास्कीमा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा ७ मा आइतबार र सोमबार ३ जनामा कोरोना संक्रमण देखीएको पोखरा ७ का वडा अध्यक्ष रामचन्द्र बरालले बताए । सोमबार पृष्टि भएका दुई जना नमस्ते हस्पिटलमा विरौटाका कोरोना देखीएकी महिलाको कन्ट्रयाक ट्रेसिङमा परेका हुन् ।

पोखरा ७ मुस्ताङचोक घर भएका उनीहरुको पोखरा १७ मा पसल छ । त्यसै गरी पोखरा ७ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका काठमाडौं पोखरा शान्तिनगर घर आएका हुन् । उनीहरुलाई आइसोलेसन लगिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese