no comments

पर्यटनसंग कृषि जोडेर मात्र प्रदेशको समृद्धि सम्भव छः मन्त्री बराल, पत्रकार पौडेल सम्मानित

पोखरा, २४ मंसिर/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटनसंग कृषि जोडेर मात्र प्रदेशको समृद्धि सम्भव भएको बताउनु भएको छ । नेपाल पर्यटन व्यातायात व्यवसायी संघ गण्डकी प्रदेशको विहिबार सम्पन्न भएको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

प्रदेश सहित नेपालमै धेरै उर्वर भूमिहरु रहेकोले नेपालको माटो सुहाउदो कृषि उत्पादन गर्दै पर्यटनको प्रबद्र्धन गर्दा आर्थिक विकाससंगै समृद्धि हासिल गर्न सकिने उहाँको भनाई छ । पर्यटनको विकास गर्दा अब संगै कृषि क्षेत्रको समेतको प्रबद्र्धन गर्नुपर्ने मन्त्री बरालले बताउनु भयो । पर्यटकलाई आकषर्ण गर्र्ने बिषय बस्तुलाई सौन्दयकरण गर्न आग्रह गर्दै मन्त्री बरालले सुन्दर बिषय बस्तु अतिक्रमण हुने होकि भन्ने चिन्त्ता लागेको जनाउनु भयो । नेपालमा धेरै उर्वर भूमि रहेको उहाँको भनाई थियो ।

प्रकृतिले दिएको बरदान र सौन्दर्यतालाई बचाउदै नेपाल आउने पाहुनालाई नेपालको माटो सुहाउदो कृषि उत्पादन गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । सरकारले कोरोनाबाट प्रभावित व्यवसायीहको लागि ल्याएको व्यावसायीक जीवन रक्षा कोषको रकम करिब एक चौथाई मात्र खर्च भएको उहाँले बताउनु भयो । एक अर्बको उक्त रकमलाई प्रभावकारी बनाउन प्रदेश सरकारले कार्यविधि पुनः संसोधन गर्ने भएको मन्त्री बरालले बताउनु भयो ।

जनस्तरबाट आवश्यक कुनै एजेण्डा लागु गर्न न्यूनतम ७ सय जनाको हस्ताक्षर सहित पेश गरेको खण्डमा जनता विधयक कार्यान्वय गर्न सरकारलाई दबाब हुने उहाँको भनाई थियो । देशमा अस्थिर राजनीतिले गर्दा आफुहरुले चाहेर पनि छोटो समयमा जनताले अपेक्षा गरे अनुसारको नतिजा दिन नसक्ने भएको मन्त्री बरालले बताउनु भयो ।

उक्त अवसरमा रासस गण्डकी प्रदेशका प्रमुख बासुदेव पौडेल बर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ । संस्थाले पत्रकार पौडेललाई सम्मान पत्रको साथमा दोसल्ला र नगद २५ हजारले सम्मान गरेको हो । त्यस्तै बिष्णु सुवेदी र राजकुमार परियारलाई उत्कृष्ट चालकको रुपमा सम्मान गरिएको महासचिव शुरेस दाहालले बताउनु भयो । संघका केन्द्रिय अध्यक्ष कुल प्रसाद न्यौपानेले नेपालका सवारी साधनहरु भारतका नाका नजिकका शहरमा जानको लागि छलफल सुरु गरेको बताउनु भयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक काशीराज भण्डारीले अझै २ बर्ष आन्तरिक पर्यटककै भरमा व्यवसाय संचालन गर्नुपर्ने चुनौती रहेको बताउनु भयो । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले प्रदेश सरकारले व्यवसायीहरुको लागि ल्याएको व्यवसायीक जीवन रक्षा कोष प्रभावकारी नभएको गुनासो गर्नु भयो ।

च्याम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारले व्यावसाय प्रबद्र्धन गर्न सरकारले राहत दिनुपर्ने बताउनु भयो । संघका अध्यक्ष बबरजंग गुरुङको अध्यक्षतामा उद्घाटन सत्र कार्यक्रम सम्पन्न भएको थियो । संघमा हाल १ सय २० जना विभिन्न कम्पनीहरु आबद्ध भएको प्रथम उपाध्यक्ष बाबुराम पाण्डेले जनाउनु भयो ।

TechSansar.com - Technology Navigator website for Nepalese