no comments

सुरक्षित रहि सजग गर्न नेपाल काँग्रेस पोखरा १९ को अपिल

पोखरा, २४ साउन / पोखरा महानगर पालिकाको वडा नम्बर १९ मा समुदायमा कोरोना फैलिन सक्ने भन्दै सबैलाई सचेत रहन पोखरा नेपाली काग्रेस पोखरा महानगरपालिका वडा नम्बर १९ ले विज्ञप्ती जारी गर्दै अनुरोध गरेको छ ।

नेपाल काँग्रेस इकाई समिति पोखरा १९ का सभापति महेश्वर पौडेल र सचिब विष्णु बास्तोलाले विज्ञप्ती जारी गर्दै सबै नागरिकलाई सचेत रहन आग्रह गरेका हुन् ।

विज्ञप्तीमा पोखरा वडा नम्बर १९ र १६ मा दिनदिनै बढ्दै गएको कोरोना पोजेटिभ बढ्दै गएको हुदाा सम्पूर्णमा आफु पनि सुरक्षित रहि आफ्नो टोल र छिमेकमा सजग र सुरक्षित गराउन काँग्रेसले अनुरोध गरेको छ ।

त्यसै गरी पिसिआर परीक्षण गराई समाजलाई भयावहा र त्राषदीको वातावरणबाट बचाउन र स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा जिम्बेवार बन्न स्थानिय जन प्रतिनिधी र प्रदेश सरकारलाई अपिल गरेको छ । केही दिन त्यस क्षेत्रमा ट्राभल हिष्टि नै नभएका ७ जनामा कोरोना देखिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese