no comments

नवलपुरलाई पराजित गर्दै कास्की च्याम्पियन, सुवास भण्डारी म्यान अफ दि सिरिज

पोखरा, ८ पुष / अर्जुन कुमालको अर्धशतकीय पारीमा कास्कीले नवलपुर माथि ८६ रनले पराजित गर्दै टिम च्याम्पियन बनेको छ ।

कुमालको उत्कृष्ट व्याटिङ र दिपेश खत्रीको उत्कृष्ट बलिङमा कास्कीले नवलपुरलाई ११५ रनमा समेट्दै तीन खेल जित्दै च्याम्पियन बनेको हो ।

बुधबार टस जितेर व्याटिङको निम्तो दिएको कास्कीले २०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कमजोर शुरुवातलाई ओपनर एवं युवा खेलाडी अर्जुन कुमालले इनिङ सम्हालेपछि कास्कीले नवलपुरलाई २०२ रनको चुनौति दिएको थियो ।

२०२ रनको चुनौति पछ्याएको नवलपुर ३१ ओभरमा ११५ रनमा समेटिन पुग्यो । अनुभवी खेलाडी दिपेश खत्री, कप्तान विपिन क्षत्री र सुवास भण्डारीले उत्कृष्ट बलिङ गरेपछि नवलपुर ३१ ओभरमा सबै विकेट गुमाउने क्रममा ११५ रनमा समेटिएको थियो ।

८ ओभरमा ५२ रन बनाएर उत्कृष्ट शुरुवात गरेको नवलपुर राहुल शर्माको विकेट पतन भएपछि धरासायी बन्न पुग्यो । कमल परियार र सन्देश बस्नेतले विकेट जोगाउँदै रन जोड्दै अघि बढेपनि कास्कीका स्पीनरको बलमा विकेट झरेपछि पभेलियन फर्किए ।

गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा भईरहेको छनोट प्रतियोगितामा म्यान अफ दि सिरिज सुवास भण्डारी घोषित भए ।

अर्जुन कुमाल बेष्ट व्याट्सम्यान र बेष्ट बलर सुवास भण्डारी घोषित भए । छनोटमा कास्की, तनहुँ, स्याङजा र नवलपुर जिल्ला सहभागि थिए । उनीहरुलाई विभिन्न व्यक्तित्व पुरस्कार प्रदान गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese