no comments

लेखनाथ पत्रकारीता पुरस्कार शर्मालाई

लेखनाथ, १० पुस/ लेखनाथ पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको लेखनाथ पत्रकारीता पुरस्कार यो वर्ष नेपाल टेलिभिजनका कास्की रिपोटर पशुराम शर्मा आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ ।

लेखनाथ पत्रकार मञ्चले गठन गरेको पुरस्कार छनोट समितिको सुक्रवार बसेको बैठकले पत्रकार आचार्यलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा वि स २०२४ सालमा जन्मनु भएका आचार्यले वि स २०५० साल देखि दाङबाट पत्रकारीता सुरु गरि विस २०५३ साल देखि नेपाल टेलिभिजनमा नियमीत रुपमा काम गर्दै आउनु भएका छ ।

पुस १५ गते कविशिरोमणी लेखनाथ पौडेलको १३७ औं जन्मजयन्तीका अवसरमा अर्घौ अर्चलमा हुने मुल समारोहमा उत्त पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । पुरस्कारको राषि ११हजार एक सय ११ रुपियाँ रहेको छ ।

वि सं २०७३ साल देखि नियमीत रुपमा प्रदान गरिदै आएको उक्त पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बशन्तराज अधिकारी र वाशुदेव पौडेलले पाईसक्नु भएको छ ।

पुरस्कार छनोट समितिको संयोजकमा मञ्चका अध्यक्ष भीमपाणि बराल रहनु भएको थियो भने समितिको सदस्यमा सल्लाहकारहरुको तर्फबाट भरत तिवारी,लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य भरतराज ओझा,पुर्व पुरस्कृत ब्यक्तिहरु मध्यबाट रामप्रसाद तिमिल्सेना र सदस्य सचिवमा मञ्चका सचिव विष्णुहरी पौडेल रहनु भएको थियो ।

कवि शिरोमाणि लेखनाथ पौडेलको १३७ जन्मजयन्ती समारोह यहि पुस १३ गते अर्घौचोकमा रहेको प्रतिमा सरसफाई,१४ गते कविको घरको सरसफाई र पुस १५ गते मुल समारोह गर्ने कार्यक्रम तय गरिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese