तालबाराही मन्दिरमा प्रभु बैंकको क्युआर कोड
पोखरा, २१ फागुन/ प्रभु बैंक लिमिटेडले पोखराको तालबाराही मन्दिरमा क्युआर कोड व्यवस्था गरेको छ । तालबाराही मन्दिर ब्यवस्थापन समिति र बैंकको सक्रियतामा शुक्रबार देखी क्यूआर कोड सञ्चालनमा आएको हो । क्युआर कोड मार्फत चढाएको भेटि अब सिधै मन्दिरको बैंक खातामा जानेछ ।
नेपाल राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल, प्रादेशिक कार्यालय पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, प्रभु बैंक लिमिटेड गण्डकी प्रादेशिक प्रमुख विरेन्द्र भट्ट लगाएतले तालबाराही मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष प्रशुराम पहारीलाई क्युआर कोड प्रदान गरे ।
क्युआर कोड प्रदान गर्दै नेपाल राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले नगद कारोबार गर्नु भन्दा विद्युतीय कारोबार सुरक्षत रहेको बताए । उनले नगद कारोबार गर्दा रोग सर्न सक्छ भने कोरोनाका बेला पुष्टि भएको बताए ।
क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने र कारोवार गर्दा कुनैपनि शुल्क नलाग्ने प्रभु बैंकका प्रमुख ब्यापार अधिकृत प्रमुख शान्ति शेरचनले बताइन् । बैंकले हाल २ सय १३ शाखा, ५८ एक्सटेन्सन काउण्टर र करिब १६ लाख ग्राहकलाई सेवा दिदै आएको उनले बताइन् ।
यो सुबिधा सँगै मन्दिरमा भक्तजनहरूले आफनो मोवाईल बैकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्ने प्रभु बैंक बिरौटा शाखा प्रबन्धक सन्तोष भण्डारी बताए । उनले नगद कारोवारलाई डिजिटल प्रणालीमा लैजाने नेपाल राष्ट्र बैँकको निती अनुसार नै सेवाको शुरुवात गरिएको बताए ।