no comments

हेमजाको सुईखेल खोला नियन्त्रणमा निरन्तर लाग्छुः मन्त्री बराल

पोखरा, ७ पुष/ गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले हेमजाको सुईखेल खोला नियन्त्रणमा आफु निरन्तर लाग्ने बताउनु भएको छ । पोखरा २५ हेमजा स्थित सुईखेत–फेदीखोला नियन्त्रण तथा तटबन्धनको बुधबार शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

आफु सांसद भए देखि नै हेमजाको आवश्यकताको आधारमा सुईखेल खोला नियन्त्रणमा निरन्तर लाग्ने आएको स्मरण गर्दै मन्त्री बरालले मन्त्री भोलिका दिनमा पनि सुइखेत खोला नियन्त्रण नहुदासम्म आफु लाग्ने बताउनु भएको हो । सुईखेल खोला नियन्त्रण गर्ने अभियानमै हाल आफु लागेको मन्त्री बरालले दाबी गर्नु भयो ।

हेमजामा थप विकास निर्माणमा केही ठाँउमा खानेपानी, सडक तथा आमा समुहका भवन निर्माण गर्नेपर्ने बिषय उठेकोले आफ्नो क्षेत्रबाट पहल गर्ने मन्त्री बरालले बताउनु भयो । हाल संचालनमा रहेका खानेपानीका सवै योजना निर्धारित समयमै सक्ने गरी काम अघि बढाउन निर्देशन दिएको उहाँले बताउनु भयो ।

हेमजाको सुईखेत खोला व्यबस्थापनमा संघिय र स्थानिय सरकारको समेत ध्यान गएकोले अब सुईखोल खोला नियन्त्रणमा कसैले रोकेर नरोकिने समेत मन्त्री बरालको भनाई थियो । हेमजा सुईखेतको तल्लो र माथिल्लो क्षेत्रका स्थानिय एक भयर खोला नियन्त्रणमा लाग्नुपर्ने मन्त्री बरालले जनाउनु भयो ।

संघिय सरकारबाट सुइखेत खोलामा पुल बनेसंगै उक्त क्षेत्रमा बाटो बनाउन बिषेश हिसावले पहल गर्ने वचन दिनु भयो । पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले सुईखेत खोला नियन्त्रण गर्न मन्त्री बरालको बिषेश सहयोग प्राप्त भएको बताउदै थप रकम व्यबस्थापन गर्न पुनः बजेट आवश्यक भएको जनाउनु भयो ।

उक्त खोला नियन्त्रण समितिका अध्यक्ष तिर्थराज लुइटेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २५ का वडा सदस्य लक्ष्मी अधिकारी, नेकपा एमाले पोखरा २५ वडा कमिटिका अध्यक्ष ऋषि पौडेल, नेपाली कांग्रेस पोखरा २५ वडा कमिटिका अध्यक्ष मधुसुधन त्रिपाठी, नेकपा माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधव अधिकारी, नेकपा समाज बादीका नेता हिमलाल तिमिल्सिना, जनमोर्चाका तम बहादुर रोका, सुईखेत खोला नियन्त्रण समितिका सचिव कमलमणि त्रिपाठी, समितिका सचिव देविप्रसाद अधिकारी लगायतले सुईखेत खोला नियन्त्रणमा थप बजेट आवश्यक भएको माग समेत गर्नु भएको छ ।

एक चरणमा खोला नियन्त्रणमा काम भएको र दोश्रो चरणमा प्रदेश सरकारबाट एक करोड ६५ लाखको बजेट विनियोजन भएको सचिव त्रिपाठीले बताउनु भयो ।

यसैबिच, गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा हेमजा सुन्दरपुरी टोल क्षेत्रमा खानेपानीको समस्याको बारेमा स्थानियसंग संक्षिप्त रुपमा भेटघाट गर्नु भएको छ । स्थानियले खानेपानीको चरम समस्या भएको बारेमा मन्त्री बराललाई जानकारी गराएसंगै उहाँले नेपाल खानेपानी संंस्थान पोखरा कार्यालयका प्रमुखलाई सम्पर्क गरी स्थानियको समस्याको बारेमा जानकारी गराउनु भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese