no comments

पोखराका विद्यालय खुल्याउने तयारीमा

पोखरा, २५ मंसिर /लामो समय देखी बन्द रहेका पोखराका विद्यालय खुलाउने तयारी भएको छ । पोखरा महानगरपालिकाले विद्यालयहरु सञ्चालन सम्बन्धी ढाँचा तयार गरेपछि सरकारी तथा निजी विद्यालयहरु खुलाउने तयारी भएको हो ।

कतिपय विद्यालयले विद्यार्थी बोलाएर विद्यालयमा नै पढाउन थालेका छन् । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले तोकेको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न थालेका हुन् । पोखराका केही सरकारी र निजी विद्यालयले सिफट् अनुसार विद्यालय सञ्चानल गरेका हुन् ।

कोभिड १९ को महामारीलाई ख्याल गर्दै महानगरले विद्यालय खुलाउन मोडालिटी तय गरेको छ । विद्यालय सञ्चालन गर्दा अवलम्बन गर्न सकिने मोडालिटी सम्बन्धी सूचना महाशाखाले मंगलबार सार्वजनिक गरेको छ ।

महाशाखाले कोभिड १९ को जोखिम न्यून रहेका, विद्यार्थी संख्या न्यून भएका विद्यालयको सेवा गरेका र विद्यालयको भौतिक अवस्थाले भौतिक दुरी कायम गर्न सक्ने भएमा सम्बन्धित वडा कार्यालयमा विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना पेस गरी विद्यालयमा प्रत्यक्ष विधिमार्फत नियमित सञ्चालन गर्न सक्ने बताएको छ ।

पोखरा ७ मासबारमा रहेको डिज्नील्याड एकेडेमीका सञ्चालक नरेश बरालले विद्यालय छिटै खुलाउने तयारीमा रहेको बताए । उनले विद्यार्थी र अभिभावक दुबै विद्यालयमा विद्यार्थी पठाउने आतुर रहेको बताए ।

प्यासन कास्कीका कार्यसमिति सदस्य समेत रहेका बरालले अहिले सम्म अनलाइनबाट कक्षा सञ्चालन गरेको भएपनि कक्षामा पढाउदा विद्यार्थीहरुले अझै बढि सिक्ने बताए । उनले महानगरले तोकेका मापदण्ड सबै पुरा गरेर विद्यालय सञ्चानल गर्ने बताए ।

महानगरले विद्यालयले भौतिक अवस्था र विद्यार्थी संख्याको आधारमा विद्यार्थीहरुलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाइ कक्षा सञ्चालन गर्न सक्ने, भौतिक दुरी कायम गर्दा सबै कक्षा एउटै समयमा सञ्चालन गर्न सम्भव नभए फरक दिनमा फरक कक्षाका विद्यार्थीहरुलाई कक्षा कोठामा पढाउने, एउटा सिफ्टमा दैनिक अधिकतम् ४ घण्टाभन्दा बढी समय कक्षा सञ्चालन नगर्ने सुचना उल्लेख छ ।

कोभिड—१९ स्वास्थ्य सम्बन्धी मापदण्डा अनिवार्य पालना गर्नुपर्ने सर्त मापदण्ड तोकेको छ । यसअघि महानगरपालिकामा केही दिनअघि सर्वदलीय बैठकसमेत बसेको थियो । पढाइ सञ्चालन सम्बन्धी कार्ययोजना पुस १ भित्रै पेस गर्न भनिएको पोखरा महानगरपालिका शिक्षा महाशाखा हेमप्रसाद आचार्यले बताए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese