no comments

नयाँ वर्षको अवसरमा धौलागिरी पोखरा मार्केटमा छुट सुविधा

पोखरा, १ बैशाख/ नयाँ वर्ष २०७८ अवसरमा पोखराको सिद्धार्थचोकस्थित धौलागिरी पोखरा मार्केटले सटर भाडामा छुट दिएको छ ।

सो मार्केटका ४० सटरमध्ये ५० प्रतिशत बुक भैसकेकोमा बाँकी सटर लिन चाहनेहरुलाई छुट सुविधा दिइएको संचालक हिमाल भण्डारीले जानकारी दिए ।

परिमार्जन सहित एउटै छानामुनि संचालित सो मार्केटमा नुनदेखि सुनसम्म विशेष छुटका साथ उपलब्ध छ । करिब साढे २ रोपनी जग्गा क्षेत्रफलमा फैलिएको सो मार्केटमा १ करोड ६२ लाख रुपैयाँ लागतमा ४० सटर निर्माण गरिएको हो ।

मार्केटमा लत्ताकपडा, खाद्यान्न, रेष्टुरेन्ट, जुत्ता, भाँडा, श्रृंगारिक सामान, तरकारी, फलफूल लगायतका पसल संचालित रहेको अर्का संचालक विकास गुरुङले बताए ।

हिमाल भण्डारी र विकास गुरुङले मिलेर १० वर्षका लागि जग्गा भाडामा लिई सटर निर्माण गरेका हुन् । सो मार्केटमा ६ सय रुपैयाँमै जुनसुकै सामान खरिद सुविधा समेत छ । यसैबीच, नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese