no comments

लक्ष्मण बराललाई ‘नागरिक सरोकार’ सम्मान

पोखरा, ३० साउन/ भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था (सिटिजन्स् जुरी), कास्कीले कास्कीमा रहेर सरकारी कार्यालयका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

संस्थाले डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी–२०७६ बाट सम्मान गर्ने भएको छ ।

प्रतिभा छनोट समितिले वातावरण एवं सम्पदा संरक्षणमा उल्लेखनीय योगदान दिएको भन्दै श्रेष्ठकोे नाम सिफारिस गरेकोमा संस्थाको बुधबार बसेको बैठकले अनुमोदन गरेको हो ।

उत्कृष्ट प्रतिष्पर्धामा पर्न सफल नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमलाई ‘सुशासन प्रवद्र्धन’ र जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत लक्ष्मण बराललाई ‘नागरिक सरोकार’ अन्तर्गत कदरपत्र सहित सम्मान गरिने संस्थाका सचिव रामबहादुर पौडेलले जानकारी दिए ।

तीन सदस्यीय प्रतिभा छनोट समितिमा संस्थाका सचिव रामबहादुर पौडेल संयोजक तथा सदस्यमा शशी तुलाचन र इन्द्रकमल मानन्धर रहेका थिए । संस्थाको साधारणसभामा सो सम्मान प्रदान गरिने पौडेलले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese