no comments

लौसिबोट युके र हङकङ समाजबाट आर्थिक सहयोग

पोखरा, ८ साउन/ टाउकोमा गम्भीर चोट लागि उपचाररत पर्वत लौसिवोट घर भइ हाल पोखरा फुलवारीमा रहेका विश्व गुरुङको उपचार सहयोगार्थ युके र हङकङबाट संकलित दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ । पर्वत मोदी गाउपालिका १ लौसिवोट घर भइ पोखरा १२ फुलवारी सफा मार्गमा वस्दै आएका २५ वर्षिय विश्व गुरुङको दुइ वर्ष अगाडि भर्याङबाट लड्दा टाउकोमा गम्भीर चोट लागेर उपचारपछिपनि हाल सम्म होस खुलेको छैन ।

उनको उपचारमा १ करोड भन्दा वढी रकम खर्च भइसकेको र हाल उपचारका लागि आर्थिक अभाव सिर्जना भएपछि युकेमा रहेका नेपाली दाजुभाइ दिदीवहिनीहरु, लौसिबोट हङकङ समाज र लौसिवोट युकेबाट आर्थिक सहयोग संकलिन २ लाख ७५ हजार ५ रुपैया हालै उनको आमा डिलकुमारी गुरुङलाई प्रदान गरिएको छ । सहयोगका लागी लौसिवोट हङकङ समाज र लौसिवोट युके समाजबाट एकमुष्ट ६० हजार र वेलायतमा रहेका पर्वतबासी जयन्ती गुरुङ र इन्द्र गुरुङको पहलमा संकलित २ लाख १५ हजार रुपैया सहयोग संकलन भएको थियो ।

वेलायतमा रहेका पर्वतबासी जयन्ती गुरुङ र इन्द्र गुरुङ संगै लौसिबोट हङकङ समाज र लौसिवोट युकेबाट संकलित उक्त रकम पर्वत घर भइ हाल पोखरा १० अमरसिंहचोकमा वस्दै आएका युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ र लक्ष्मी गुरुङको संयोजनमा लौसिवोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोक बहादुर गुरुङ र लौसिवोट गाउ समाजका अध्यक्ष कुलवीर गुरुङले विश्वका आमा डिलकुमारी गुरुङलाई हस्तान्तरण गरेका हुन ।

सहयोग रकम हस्तान्तरण गर्दै लौसिवोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोक बहादुर गुरुङले विश्वको उपचारको क्रममा डिलकुमारी गुरुङले निकै दुख कष्ट व्यहोर्नुपरेको र यसरी दुखको वेलामा विदेशमा रहेरपनि सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आफ्नो समाजको तर्फबाट १ लाख रुपैया प्रदान गरिसकेको वताउदै उक्त अवसरमा पुनः नगद ५ हजार रुपैया सहयोग रकम प्रदान गरे ।

त्यसैगरी युनाईटेड क्लव पोखराका अध्यक्ष लालकाजी गुरुङले सामाजिक सञ्जालको माध्यामबाट पर्वत लौसिवोटका युवा विश्व गुरुङको स्वास्थ्य अवस्थाको बारेमा जानकारी पाएपछि पर्वतबासी हाल युकेमा रहेका जयन्ती गुरुङ र इन्द्र गुरुङले नेपाली दाजुभाई दिदीवहिनीहरुबाट सहयोग रकम संकलन गरी पठाएकोमा धन्यवाद ब्यक्त गर्दै आफुले सकेको रकम यस्ता दुख पिडामा परेकाहरुलाई सहयोग गरेर अगाडि वढ्नुपर्ने वताए ।

त्यस्तै सामाजिक अभियन्ता लक्ष्मी गुरुङले आफुले केही दिन पहिले विश्व गुरुङको बारेमा जान्ने मौका पाएको र उनको यथार्थ झल्किने गरी सामाजिक सञ्जालमा भिडियो र फोटो राखेर युकेमा रहेका दिदीवहिनीहरुले थाहा पाएर सहयोग जुटेको वताउदै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने वताइन ।

२०७५ कार्तिक महिनामा लेकसाइडको एक रेष्टुरेण्टमा खाजा खाने क्रममा भर्याङबाट लडेर टाउकोमा गम्भीर चोट लागेको विश्व गुरुङको पोखराको मणिपाल अस्पताल र काठमाण्डौको टिचिङ अस्पतालमा उपचारको क्रममा मात्रै एक करोड भन्दा वढी रकम खर्च भइसकेको उनको आमा डिलकुमारी गुरुङले वताइन ।

छोराको उपचारका लागी उनले धेरै दुख कष्ट संगै आफ्नो घर समेत वेच्नुपरेको वताउदै अझैपनि छोराको होस नखुल्दा निकै चिन्ता लाग्ने गरेको वताइन । उपचारमा संलग्न डाक्टरहरुले उनको होस आउन अझै केही समय लाग्ने वताएका कारण आफुमा कुनै दिन छोराको होस आउनेमा आफु आशाबादी रहेको समेत बताइन् ।

TechSansar.com - Technology Navigator website for Nepalese