no comments

मुस्ताङ क्याम्प र तिव्वेतियन क्याम्पमा खाद्यान्न सामग्री वितरण

जेठ, १५ शुक्लागण्डकी/ तनहुको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ मा रहेको मुस्ताङ क्याम्प र तिव्वेतियन क्याम्पमा रहेका १ सय ५८ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

कोभिड १९ को दोश्रो लहर संगै मुलुकभर जारी रहेको निषेधाज्ञामा क्याम्पमा आश्रित रहेकाहरुलाई खाद्यान्नमा अभाव नहोस भन्ने उद्देश्यले पेमा छाल गुम्बाको आयोजना र जोस्लिन व्लुमेन्थल अमेरिकाको सहयोगमा १ सय ५८ घर परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरिएको हो ।

खाद्यान्न सामाग्री प्रदान गर्ने गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले पेमा छाल गुम्बाको आयोजनामा दुईवटै क्याम्पमा आश्रित रहेका हरुलाई मध्येनजर गरी अमेरिकन संस्था जोस्लिन व्लुमेन्थलको सहयोगमा खाद्यान्न सामाग्री वितरण गर्न पाउदा निकै गार्वान्वित भएको वताए ।

पेमा छाल गुम्बाले अघिल्लो वर्ष पनि कोरोना महामारीको वेला विभिन्न संघ संस्थाहरुमा समेत आर्थिक तथा खाद्यान्न सामाग्रीहरु सहयोग गरेकोमा सामाजिक कामको प्रशंसा गर्दै सांसद विष्टले आफ्नो तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

त्यस्तै तिव्वेतियन क्याम्प शुक्लागण्डकीका प्रमुख टासीले पेमा छाल गुम्बा याम्दी र अमेरिकन संस्था जोस्लिन ब्लुमेन्थलले आफुहरुको क्याम्पमा कोभिडको वेला खाद्यान्न अभावलाई मध्येनजर गरी सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । कोभिड महामारीका कारण घरभित्रै बस्नुपरेको वेला विदेशमा र स्वदेशमा रहेर गुम्बा र अमेरिकन संस्थाको सहयोगले आफुहरुले खाद्यान्न अभावबाट बञ्चित हुन पर्ने स्थिती नआउने उनको भनाइ रहेको थियो ।

उक्त अवसरमा तिव्वेतियन क्याम्पमा आश्रित १ सय ३० घरपरिवार र मुस्ताङ क्याम्पमा रहेका २८ घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese