no comments

मुद्रा सटही व्यवसायी संगठन पोखराको नयाँ समितिको पदस्थापन तथा सपथग्रहण

पोखरा, २१ माघ/ मुद्रा सटही व्यवसायी संगठन पोखराको १५ औ साधारण सभा तथा ८ औ अधिबेशनबाट निर्वाचीत नयाँ समितिको पदस्थापन तथा सपथग्रहण भएको छ ।

माघ १६ गते सम्पन्न अधिबेसनले रुपकराज मिश्र नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन समितिका संयोजक सुर्य तिमिल्सिनाले निर्वाचीत समितिलाई सपथ ग्रहण गराउदै प्रमाणपत्र प्रदान गरे ।

समितिको उपाध्यक्षमा दिपकराज पौडेल, सचिबमा संगिता पौडेल, कोषाध्यक्षमा अमृत भुजे, सदस्यहरुमा कमल भुजेल, अनिता अधिकारी, सब्बु श्रेष्ठ र प्रविन अधिकारी चयन भएका थिए ।

पदस्थापन तथा सपथग्रहण पर्यटन व्यवसायी बासु त्रिपाठीले नयाँ समितिलाई शुभकामना दिदै कोरोना कारण अन्य व्यवसायी जस्तै मुद्रा सटही व्यवसायी पनि ठुलो मारमा परेको बताए । उनले यस व्यवसायलाई उकास्न सबै लाग्नु पर्ने बताए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक सुर्य तिमिल्सिना, सदस्य तथा पुर्व अध्यक्ष भरत पराजुली, पुर्व अध्यक्ष दयानन्द पोख्ररेल निर्वतमान अध्यक्ष कृष्ण भण्डारी लगाएतले अहिलेको अवस्थामा व्यवसायीलाई संरक्षणको आवश्यकता रहेको बताए ।

सपथग्रहण पछि अध्याक्ष मिश्रले १७ बुदे प्रतिबद्धता सार्वजनीक गरे । उनले विनिमय दररेट वितरण लागि निरीक्षण र अनुगमन कार्यलाई निरन्तरता, विदेशी मुद्रा सटही गर्दा अनिवाई रुपमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त मनि चेन्जरहरुबाट नै मुद्रा सटही कार्यलाई प्रेरित गर्ने लगाएतका रहेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese