no comments

लोक गायक धनबहादुर गायकको निधन

पोखरा, १२ माघ / चर्चित सारङ्गी बाद्यक तथा कलाकार धनबहादुर गायकको निधन भएको छ ।

उपचारको क्रममा सोमबार विहान पोखराको मनिपाल शिक्षण अस्पतालमा निधन भएको परिवारले जानकारी दिएका छन् ।

लामो समयदेखि उच्च रक्तचापको विरामी भएका उनलाई आइतबार प्रेसरले हानेपछि अस्पताल लगिएको थियो । पोखरा १६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत चर्चित गीतका सर्जक हुन् ।

गन्धर्व समुदायबाटै सारंगी र मादल लगायत वाद्यवादन हराउँदै गएपछि गायकको सक्रियतामा बाटुलेचौरमा पाठशाला खोलिएको छ ।

पाठशालामा सारंगी सिक्न जापान, कोलम्बियालगायत देशका संगीतप्रेमी समेत आउँछन् । गायकले पछिल्ला पुस्ताका संगीतप्रेमीलाई निःशुल्क सारंगी र संगीत सिकाउँदै आउएका थिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese