no comments

रोचक बन्दै टाइगर कप, पुरुषतर्फ गण्डकी वाहिरियो अन्य टिमको सम्भावना कायमै

पोखरा, २९ पुष/ पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ साविक उपाधि विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिए पनि अन्य टिमको फाइनल पुग्ने सम्भावना कायमै रहे पछि प्रतियोगिता रोचक बनेको छ ।

बिहिबार सम्पन्न पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लवले लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायमै राखेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा हेल्प नेपाल स्पोर्ट्स क्लबले समेत विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रालाई शुरक्षित बनाएको छ ।

सम्पन्न खेलमा आर्मीले पहिलो सेट २५–१५ ले जित्दा दोस्रो सेट भने २०–२५ ले गुमाएको थियो । तर तेस्रो सेट २५–१५ ले नै आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । प्रतिष्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २६–२४ को जित निकाल्न सफल बन्यो । जितसँगै आर्मीको तीन खेलबाट ६ अंक पुगेको छ । आर्मीसँग पराजित भए पछि गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीको ३ खेलबाट ३ अंक रहेको छ । उक्त खेलमा आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच र आर्मीकै इश्वर थापा उत्कृष्ट डिफेण्डर घोषित भएका छन् ।

त्यस्तै अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई २३–२५, २५–२०, २५–१५ र २५–१९ ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रालाई जिवित बनाएको छ । जितसँगै हेल्प नेपालको तीन खेलबाट ७ अंक पुगेको छ । प्रतियोगितामा एपिएफको लगातर चौथो पराजय हो । उक्त खेलमा टिप टपका विनित कुमार म्यान अफ दि म्याच हुँदै ५ हजार नगद हात पारे भने दिपक थापा उत्कृष्ट डिफेण्डर भएका छन् । शुक्रबार हुने खेलबाट नै फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्ने प्राविधिक संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्रि तहल सिंह थापा मगरले जनाएका छन् ।

यता महिला तर्फको एक खेल भने लाइट प्रोटेष्टका कारण अवरुद्ध बनेको छ । न्यू डायमण्ड र विभागिय टोली विचको एक खेलमा न्यू डायमण्ड २–१ सेटले अगाडी रहेको अवस्थामा खेल अवरुद्ध बनेको प्राविधिक संयोजक मगरले बताए । यस्तै महिला तर्फको एक अर्को खेलमा भने आयोजक टाइगर ग्रुप विभागिय टोली नेपाल आर्मी संग ३–१ सेटले पराजय भएको छ । उक्त खेलमा टाइगर ग्रुपकी कभिषा ओमन अफ दि म्याच हुँदा आर्मीकी पुष्पा चौधरी वेष्ट डिफेण्डर भइन् ।

माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ । प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहेकोछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेता महिला÷पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३÷३ लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला÷पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्ृकष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५÷२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०÷१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese