no comments

ललितपुरमा दुर्घटना हुर्दा कास्कीका अधिकारीको मृत्यु

काठमाण्डौ, २ चैत/ ललितपुरको नख्खुदोबाटोमा गएराति दुर्घटनामा हुदाँ एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

आइतबार राति ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३ –०२० १८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भई ललितपुरको बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको ज्यान गएको हो ।

मोटरसाइकलको पछाडि बसेका ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घाइते भएका छन् । उहाँको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कन्टेनर चालक र कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese