no comments

कोपिला परियारको हत्या ओरोपमा १३ महिना पछि खड्कबहादुर पक्राउ

पोखरा, ८ भदौ/ कास्की प्रहरीले १३ महिना अघि हत्या गरिएकी कोपिला परियारको हत्यारालाई पक्राउ गरेको छ । प्रहरीले कोपिला हत्यामा संलग्नताको आरोपमा मोटे रामबहादुर थापा भनिने ४५ वर्षीय खड्कबहादुर खवासलाई पक्राउ गरेर सार्वजनीक गरेको हो ।

मादी मकैखोलाकी १८ वर्षीया कोपिलाको शव २५ असार २०७७ मा सडेको अवस्थामा फेला परेको थियो । १५ असारमा घरबाट हराएकी कोपिलाको शव १० दिनपछि अर्धनग्न अवस्थामा फेला परेको थियो । उनको शव उठाउँदा माथिल्लो शरीरमा कुर्था थियो ।

प्रहरीसँगको बयानमा उनले आफूहरु मायामा रहेको र शारिरीक सम्बन्धपछि हत्या गरेको स्वीकारेका कास्कीका प्रहरी प्रमुख रमेश थापाले पत्रकार सम्मेलनमा जानकारी दिए । कम्मरमुनि भने उनी नग्न अवस्थामा फेला परेकी थिइन् । त्यसयता परियारको बारेमा प्रहरीले अनुसन्धान गरिरहेपनि सफलता हात पारेको थिएन ।

कोपिलाको मानसिक अवस्था कमजोर थियो । कास्की प्रहरी प्रमुखमा रमेश थापा सरुवा भएर आएपछि सो घटनाका बारेमा फेरी अनुसन्धान थालिएको थियो । खवासविरुद्ध कास्की प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरि अनुसन्धान गरिरहेको उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese