no comments

गण्डकी प्रदेशमा ६५ वर्ष माथीका १ लाख ३४ हजारलाई खोप लगाउने तयारी

पोखरा, २२ फागुन/ आइतबार देखी शुरु हुने दोस्रो चरणको खोप अभियानमा गण्डकी प्रदेशका १ लाख ३४ हजारलाई खोप दिने लक्ष्य स्वास्थ्य निर्देशनालय गण्डकीले लिएको छ ।

६५ वर्ष माथिका १ लाख ३४ हजार ६ सय ३९ जनालाई खोप दिने स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा ७ सय ११ वटा खोप केन्द्रबाट २५ सय स्वास्थ्य कर्मीले खोप प्रदान गर्ने उनले जानकारी दिए । कास्कीमा ८४ वटा खोप केन्द्र र पोखरामा ४८ वटा केन्द्रबाट खोप प्रदान गरिने बताए ।

पोखरा महानगरपालिकाका वडा नम्बर २, ३, ६, ७ र १२ मा भने २६ गते देखी २८ गते सम्म खोप अभियान शुरु हुने बताए ।
आवश्यक खोपको जोहो हुन नसकेपछि सरकारले जेष्ठ नागरिकले खोप पाउने उमेर समूह परिवर्तन गरेको छ ।

फागुन २३ गत देखि ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिइने भनिएकोमा अहिले उक्त उमेर समूह बढाएर ६५ वर्ष पुर्याइएको हो ।

सरकारले अहिले १५ लाख खोप उपलब्ध रहेको र पुरानै योजना अनुसार ५५ वर्ष माथिकालाई खोप दिन कम्तिमा ४० लाख खोप आवश्यक पर्ने जनाएको छ ।

६५ वर्षदेखि माथिका उमेर समूहका मानिस करिब १७ लाख रहेको र उपलब्ध भएको खोपले करिब १५ लाख जनालाई दिन सकिने जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese