no comments

पोखरामा जुवा खेल्ने ५ जना मानिस पक्राउ

पोखरा, १६ चैत / पोखरा महानगरपालिका वडा नम्बर १३ कमलपोखरी स्थित जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले नगद १३ हजार ४ सय ५५ र ३ बुक तास सहित नियन्त्रणमा लिएका हो ।

उनीहरुलाई जुवा कसुर सम्बन्धी मुद्धामा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले निम्न व्यक्तीलाई पक्राउ गरेको छ ।

१ जिल्ला लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १३ कमलपोखरी बस्ने बर्ष ३६ को मानसिह गुरुङ ।

२ जिल्ला लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं ९ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं१३ कमलपोखरी बस्ने बर्ष३९ को ईश्वरीराज गुरुङ ।

३ जिल्ला गोरखा भिमसेन गाउँपालिका वडा नं२ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १३ कमलपोखरी बस्ने बर्ष बर्ष २९ को नबिन गुरुङ ।

४ जिल्ला लमजुङ क्होलासोथार गाउँपालिका वडा नं७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १३ कमलपोखरी बस्ने बर्ष ५६ को राम बहादुर गुरुङ ।

५ जिल्ला कास्की मादी गाँउपालिका वडा नं १० भाचोक घर भई हाल पोखरा महानगरपालिका वडा नं १० बिरेन्द्रचोक बस्ने बर्ष ३६ को मन्त्री गुरुङ

TechSansar.com - Technology Navigator website for Nepalese