no comments

पोखरामा “किनमेल संसार”, ब्राण्डेड बेडसेट

पोखरा, १२ बैशाख/ पोखरामा किनमेल संसार (kinmelsansar) संचालनमा आएको छ । पोखरा—४ गैह्रापाटन प्राईम सहकारीको भवनमा अवस्थित किनमेल संसारलाई पत्रकार संजय कुमार मल्ल र उनकी श्रीमती अञ्जु मल्लले संचालनमा ल्याएका हुन् ।

अघि अनलाइन व्यवसाय मात्रै गर्दै आएको “किनमेल संसार” को आउटलेटको शनिबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । जसलाई कलाकारद्वय प्रकाश घिमिरे र माओत्से गुरुङ, रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे र नायिका रजनी गुरुङले रिवन काटेर उद्घाटन गरे ।

किनमेल संसारमा ब्राण्डेड बेडसेट उपलब्ध रहेको संचालक मल्लले जानकारी गराएका छन् । बेडसेटका लागि आवश्यक पर्ने तन्ना, सिरानी र सिरक सँगै महिला दिदीबहिनीहरुका लागि कुर्ता समेत किनमेलमा विक्रीवितरण गरिने उनले बताए । दुई दशक अघि पत्रकारिता शुरु गर्दा आफुले शुन्यबाट गरेको र अहिले व्यवसाय पनि शुन्यबाटै सुरुवात गरेको जानकारी उनले गराए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर समेत रहेका मल्लले ग्राहकको इच्छाबमोजिम नै आगामी दिनमा आफुहरु अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कलाकार प्रकाश घिमिरेले किनमेल संसारको प्रगतिको कामना गर्दै सकरात्मक सोचले अगाडि बढे अवश्य सफल भईनेमा जोड दिए । उनले अप्ठेरोमा नआत्तिन र सहजतामा नमात्तिन सुझाव दिएका छन् । कलाकार तथा चलचित्र निर्देशक माओत्से गुरुङले कोभिडले सबैलाई पाठ सिकाएको उल्लेख गरे । सोहीको परिणाम संजय मल्ल भएको उनले बताए । कलाकार र पत्रकारको अवस्था उस्तै भएको बताउँदै गुरुङले अब विकल्पको खोजी गर्नुपर्ने बेला आएको सुनाए ।

रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखेले कोभिडका बेला मल्ल परिवारले चुनौतीलाई अवसरको रुपमा लिएको बताइन् । सफलताको शुभकामना दिँदै उनले भनिन्,“कोरोनाले व्यवसाय थला परेका बेला किनमेल संसारको आउटलेट संचालनमा ल्याउनु आफैमा एक चुनौती हो । जसलाई चिर्दै संजय मल्ल सहित उहाँको परिवारले एक उदाहरणीय काम गर्नुभएको छ । मल्ल परिवारलाई धेरै बधाई ।”

नायिका रजनी गुरुङले आफुलाई आवश्यक परेका सामान अब किनमेल संसारमा खरिद गर्ने प्रतिबद्धता जनाएकी छिन् । कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो भएको उल्लेख गर्दै उनले किनमेल संसारले सम्बन्धलाई जोड्ने सेतुको रुपमा रहने विश्वास व्यक्त गरिन् । कार्यक्रममा कलाकार, पत्रकार र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese