no comments

काइण्डनेस क्लब मदरल्याण्डद्धारा प्रिन्सा रेग्मीलाई सम्मान

पोखरा, २२ फागुन/ काइण्डनेस क्लब मदरल्याण्ड बोडिङ स्कुल पोखराको दोस्रो वर्षमा प्रदेश गरेको अवसरमा सम्मान कार्यक्रम गरेको छ । क्लबले पोखराकी समाजसेवी बालिका प्रिन्सा रेग्मीलाई सम्मान गरेको छ । सानै उमेरमा समाज सेवामा सक्रिय रेग्मीलाई क्लबले नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

कोरोना भाइरस महामारीको बेला निःशुल्क माक्स वितरण, खाद्यन्न वितरण, स्वास्थय सामग्री वितरण, कापी किताब वितरण लगाएतका विभिन्न समाज सेवाको काम गर्दै आएकी छन् ।

सोही अवसरमा काइण्डनेस क्लबले प्रदान गर्ने काइण्डनेस टिचरको अवार्डबाट नुरमाया केसी सम्मानीत भइन् । केसीले नगद ५ हजार, दोसल्ला र सम्मानपत्र प्राप्त गरीन् । उनीहरु दुबैलाई मदरल्याण्ड बोडिङ स्कुलका निर्देशक त्रिभुवन बराल, विद्यालयक प्रिन्सिपल नारन बराल, काइण्डनेस क्लब मदरल्याण्डकी अध्यक्ष कृर्तिका नागिला लगाएतले सम्मान गरे ।

कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन बरालले सानो उमेरमा नै समाजसेवामा लागेकी प्रिन्साको अभियान अन्य विद्यार्थीका लागि पनि प्रेरणादायी हुने बताए । विद्यालयका प्रिन्सिपल नारन बरालले काइण्डनेस क्लबले उत्कृष्ट काम गर्दै आएको बताउदै प्रिन्सालाई सम्मान गरेर अर्को उत्कृष्ट काम गरेको बताए । उनले प्रिन्साका काम सञ्चारमाध्यमबाट जानकारी लिदै आएको बताए । उनले विद्यालयका विद्यार्थीहरुलाई प्रिन्साको कामले सहयोगी भावना आउने बताए ।

सम्मान पछि प्रिन्सा रेग्मीले थोपा थोपा मिलेर सागर बने जस्तै आफुले गरेको अभियानमा अरुपनि थपिदै जादा नेपाललाई नै सकारत्मक बनाउन सकिने बताइन् । उनले सबैको साथले नै आफु आगाडी बढेको बताइन् । कार्यक्रमको सञ्चालन क्लबका सदस्य निश्चल बास्तोलाले संचालन गरेका थिए ।

काइण्डनेस क्लब मदरल्याण्ड स्थापना भएको एक वर्षमा कल्याणी बालआश्रम लामाचौरका १२ जना बालबालिकाहरूलाई खाद्यान्न, लत्ता कपडा, जुत्ता आदि सामग्री, लकडाउनका बेला समस्यामा परेका १५ जना दृष्टिविहीन र १५ जनाका परिवारलाई खाद्यान्न वितरण, विश्व करूणा दिवसका अवसरमा मानवसेवा आश्रमका ६३ जना बृद्धा आमा र ९ जना बालबालिकालाई जाडोका लागि लत्ता कपडा वितरण लगाएका मानब सेवाका काम गरेको छ ।

दया, माया र करूणाको भाव विद्यालय स्तरबाटै जगाउनुपर्छ भन्ने भाव जागृत गर्ने अभिप्रायले काइण्डनेस क्लब मदरल्याण्ड स्थापना गरेर विभिन्न मानव सेवाका काम गर्दै आएको विद्यालयकी शिक्षिका केशु बरालले जानकारी दिइन् ।

 

TechSansar.com - Technology Navigator website for Nepalese