no comments

चापाकोट महोत्सव सुरु, ऐतिहासिक बस्तुको संरक्षण गर्दै विकास गर्न मन्त्री बरालको आग्रह

पोखरा, १ पुष/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समृद्धिको नाममानेपालका ऐसिहासिक बिषय बस्तुलाई भत्काउन तथा बिर्गान नपाइने बताउनु भयो । पोखरा २३ स्थित चापाकोट पर्यटन प्रबद्र्धन समितिको आयोजना विहिबार देखि सुरु भएको चापाकोट सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

नेपालीकला संस्कृतिएवं ऐतिहासिकबिषय बस्तुहरुको संरक्षण गर्नूपर्ने उहाँको भनाई थियो । पोखराको मुख्यबजार देखि चापाकोटको बाटो स्तरोन्नतीगर्न बिषेश पहलगर्ने मन्त्री बरालले बताउनु भयो । सके यहीआर्थिक बर्ष अन्यथा आगामी आर्थिक बर्षमा केही न केही देखिने गरी कामगर्ने मन्त्री बरालले वचनदिनु भयो ।

प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो पूर्वाधार विकासको रुपमा अघि बढाएकोले गाउँगाउँमाहोमस्टेलाई प्रबद्र्धन गर्नुपर्ने मन्त्री बरालले बताउनु भयो । बजारबाट टमटर, खुर्सानी सहितकाफलफुल तरकारी होमस्टेमा लगेर खाने प्रवृत्तिको अन्त्यगर्नुपर्ने उहाँको भनाई थियो ।

स्थानियको मागअनुरुपआवश्यकताको आधारमाप्रदेश सरकारले सहयोग गर्ने मन्त्री बरालले बताउनु भयो । माओबादी केन्द्रका नेता समेत रहेकामन्त्री बरालले एकात्मक राज्य प्रणालीका कारण सम्भावनाभएका ठाँउमा विकास नभएको दाबीगर्नु भयो । फेवातालबचाउदै ताल परिवरीको क्षेत्रको विकास गर्नु पर्ने मन्त्री बरालको भनाई छ । पुष ५ गतेसम्म संचालनहुने उक्तमहोत्सवको विहिबार उद्घाटन गर्दै मन्त्री बरालले दीपप्रज्जवलन सहितचमराले पिङ खेलेर महोत्सवको उद्घाटन गर्नु भएको हो ।

कास्कीकाप्रमुखजिल्लाअधिकारी जयनारायण आचार्यले चापाकोट होमस्टेमाबजारबाट ल्याएको कोक, र वियर भन्दागाउँमाउत्पादनभएको दुधदही जस्ता पदार्थको प्रबद्र्धन गर्न आग्रहगर्नु भयो । पोखरा बजारमा रहेकाहोटलको भन्दा फरक खाना र सेवादिन सके होमस्टेबाट आर्थिक विकास हुने उहाँको भनाई थियो ।

पोखरा २३ का वडा अध्यक्ष बिष्णु प्रसाद पराजुलीले सडक बाटो स्तरोउन्नती र फेवाताल संरक्षण गर्नु पर्ने बताउनु भयो । युवाव्यावसायीएवं वाईयूके सुपरमार्केटका संचालकयुवराज खतिवडाले उक्तमहोत्सवमा एक लाखदिदै उक्तमहोत्सवलाई सफलपार्न सवैको साथ र सहयोग आवश्यकभएको बताउनु भयो । पूर्व गाविस अध्यक्ष भेषराज पराजुलीले पोखराको मुख्यबजार देखि चापाकोट नजिकनभएर पनि सडकको कारण स्थानियले सास्तीभोग्नु परेको गुनासो गर्नु भयो ।

स्थानियशिवलाल पराजुलीले व्यक्तिगत २५ हजार सहितअन्य व्यक्तिहरुबाट संकलन गरेको एक लाख७५ हजार महोत्सवलाई सहयोग गर्नु भएको छ । समितिका अध्यक्ष एवं महोत्सव संयोजक भिम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा दोहोरी गिततथापन्चे बाजाएवं नृत्य समेत प्रस्तुत गरिएको सचिव घनश्याम पराजुलीले बताउनु भयो ।

महोत्सवमाचमराले पिङ, लिङग्े पिङ, विभिन्न अर्गानीक खानाका परिकार उपलब्ध गराईएको सचिव पराजुलीले बताउनु भयो । महोत्सवमा राष्ट्यि तथा स्थानियकलाकारबाट राष्ट्यि दोहोरी गितप्रतियोगिता, भजन प्रतियोगिता लगायतका विभन्नि प्रतियोगिताहरु हुने भएको समितिले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese