no comments

कास्कीका दुई हाइड्रोपावरको आइपिओ आउदै

पोखरा, २९ पुष /कास्कीमा निमार्ण भइरहेको दुई हाइड्रोपावरको आइपिओ निकाल्ने तयारीमा छन् । कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाले छिटै र कास्कीको माछापुच्छ«े गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले आइपिओ निकाल्ने भएका हुन् ।

सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख कित्ता सेयर निस्कासन गर्न लागेको छ । सर्वसाधारण लगानीकर्तामा निस्कासन गर्न सानिमा क्यापिटल लिमिटेडलाई निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । त्यसै गरी सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आइपिओ जारी गर्ने निर्णय गरेको छ ।

संस्थाले छिट्टै आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने नियर्ण गरेको लुम्बिनी उर्जा कम्पनी लिमिटेड अध्यक्ष जगत पोखरेलले जानकारी दिए । मादी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको सुरुङको ब्रेक थ्रु भएको छ । ६ किलोमिटर ९ सय मिटर लामो सुरुङ करिब ३ वर्षमा सकिएको हो । सुपर मादी जलविद्युतको काम ८० प्रतिशत सकिएको छ ।

आयोजनाले २०७८ असारदेखि विद्युत उत्पादन गर्ने भने पनि १ वर्ष ढिला भएर ०७९ साउनदेखि विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न हुँदा ८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा ७ बैंकले ऋण लगानी गरेका छन् ।

सेती नदी जलविद्युत आयोजना नदी जलप्रवाहमा आधारित छ । माछापुच्छ«को भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४ सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ । ५ अर्व लगानी रहेको आयोजनामा ३ अर्व ५० करोड विभिन्न बैँक तथा वित्तिय संस्थाले लगानी गरेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese