no comments

कास्कीमा हाइड्रो पावरका इन्जिनियर मृत फेला

पोखरा, ३० साउन / कास्कीको मादी गाउँपालिका २ दुमा रहेको नामार्जुङ हाइड्रो पावरमा कार्यरत सिभिल इन्जिनियर अमित पन्त मृत फेला परेका छन् ।

शुक्रबार मादी २ क्युरो खोलाको ढुङ्गामा अड्केको अवस्थामा मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

पन्त बिहीबार साझँ हाइड्रो पावरको अफिसबाट खाजा खान भनि निस्किएका थिए । उनी अफिसमा नआए पछि रातिबाटै अन्य कर्मचारीले खोजी गरेका थिए ।

गोरखाको पालुङटार नगरपालिका घर भएका पन्तले केहि समय देखि हाइड्रोमा काम गर्दै आएका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको रेग्मीले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese