no comments

पोखरामा ४ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

पोखरा, २७ साउन / गण्डकी प्रदेशमा मंगलबार बिहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४, बागलुङ र तनहुँमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ मा ११ बर्षिय बालक र ३८ बर्षिय महिला, पोखरा ३० मा ३० बर्षिय पुरुष र वडा नम्बर १७ मा ४५ बर्षिय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनाल गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी बागलुङमा एक महिला र एक पुरुष, तनहुँको बन्दीपुरमा २ पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको छ ।

ती मध्ये कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ भने पाँच जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese