no comments

पोखरामा १८७ सहित गण्डकीमा थप २६९ जनामा कोरोना संक्रमण, पोखरा तीन जनाको मृत्यु

पोखरा, १४ कात्तिक / गण्डकी प्रदेशमा शुक्रबार थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकाका १८७ जना, नवलपुरका २७ जना, लमजुङका ४, म्यादीका ३ जना, बागलुङका ९ जना, तनहुँका २० जना, स्याङजाका ३ जना, पर्वतका १० जना र गोरखाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सगँ गण्डकी प्रदेशमा ७ हजार ३ सय १६ जनामा पुगेका स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देश डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरामा थप एक जनाको मृत्यु भएको छ । बाग्लुङ जिल्ला, गल्कोट नगरपालिका ३ का ७२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । उनको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा निधन भएको अस्पतालले जानकारी दिएको छ ।

त्यसै गरी पोखरा महानगरपालिका १५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान होम आईसोलेसनमा मृत्यु भएको छ । उनलाई कात्तिक १२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो

त्यसै गरी स्याङ्जा जिल्ला, वालिङ ५ का ७० बर्षीय महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा निधन भएको छ । उनको कात्तिक ९ गते विहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । अहिले सम्म ४ हजार १ सय ४६ जनामा निको भएर घर फर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese