no comments

कास्कीमा १५ लाख नगद सहित पोखराका ११ जुवाडे पक्राउ

पोखरा, १७ कात्तिक/ कास्की प्रहरीले १५ लाख नगद सहित पोखराका ११ जना जुवाडे पक्राउ गरेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका – २ स्थित तातोपानी इन होटलमा बुधबार बिहान जुवातास खेलिरहेको अवस्थामा नगद १५ लाख २४ हजार ७० रुपैयाँ नगदसहित ११ जना पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिए ।

होटलमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा कास्कीबाट खटिएको प्रहरी टोलीले नगद र ५२ पत्ती तास सहित कास्कीको पोखराका १० जना र स्याङ्गजाका एक जनालाई नियन्त्रणमा लिएको डिएसपी हमालले बताए ।

नियन्त्रणमा लिएकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा र सट्टा बाजी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese