no comments

पोखरामा २ जना सहित गण्डकीमा थप ५ जनाामा कोरोना संक्रमण, गण्डकीमा १३५० पुग्यो

पोखरा, ८ साउन / पोखरामा २ जना सहित गण्डकी प्रदेशमा थप ५ जनामो कोरोना संक्रमित भएका छन् । गण्डकीमा कोरोना संक्रमितको संख्या १३५० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ ५ जना संक्रमित देखिएका हुन् ।

कास्की, पर्वतमा २/२ जना र स्याङजामा १ जनामा कोरोना संक्रमण देखिएको हो । कास्कीको पोखरा महानगरपालिकाका दुई जना पुरुष, पर्वतको मोदीका एक महिला र एक पुरुष, स्याङजा चापाकोटका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सगँ कास्कीमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ भने १३ जना आसोलेसनमा रहेका छन् । त्यसै गरी पर्वतमा ९८ जना र स्याङजामा २ सय ५ जना संक्रमित पुगेका छन् । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर १ हजार ९१ घर फर्किसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese