no comments

पोखरामा वायु प्रदूषणमा सामान्य सुधार

पोखरा, १६ चैत/  पोखरामा शुक्रबार देखि वायु प्रदूषणमा केही सुधार आएको छ । धुँवा र धुलोका कणले भिजिविलिटी कम हुदाँ घामले जमिन देख्न सकेको थिएन । पोखरामा बिहान पानी परेका पछि पोखराको मौषमा सामान्य सुधार आएको हो ।

पोखराको मुख्यबजारको मापन देखाउने वायु प्रदुषण मापन उपकरणले पोखरा रत्नचोकको जल तथा मौसम विज्ञान कार्यालयको आइतबार वायु गुणस्तर सुचकांक १६० रहेकोमा सोमबार १४६, लेखनाथस्थित विश्वविद्यालयमा आइतबार २७५ सोमबार २१९ र लामाचौरको गण्डकी बोर्डिङको मापनमा २२४ रहेकोमा सोमबार १९८ मा वायु गुणस्तर सुचकांक घट्दै गएको छ । यसले पनि सामान्य सुधार आएको संकेत गर्दछ ।

जल तथा मौसम विज्ञान कार्यालयले पोखराका तीन ठाउँमा वायु प्रदुषण मापन उपकरण मापन गर्दै आएको छ । वायु प्रदुषण मापन उपकरण देखाउनले एयर क्वालीटि इन्डेक्स ० देखी ५० सम्म हुनुलाई राम्रो मानिन्छ ।

५१ देखी १०० सम्मलाई सामान्य, १०१ देखी १५० सम्मलाई अस्वस्थ संवेदनशील समुहमा, १५१ देखी २०० सम्मलाई अस्वस्थ, २०१ देखी ३०० सम्म धेरै अस्वस्थ, ३०१ देखी ४०० सम्म खतरनाक र ४०१ देखी ५०० सम्म एयर क्वालीटि इन्डेक्स देखीमा धेरै खतरनाक हुने सरकाले तोकेको मापदण्डमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालले पोखराको वायु गुणस्तर सुचंकाक (आक्वा) स्वास्थ्यका दृष्टिले हानीकारक रहेको बताए । उनले पोखरामा बाक्लो तुवालोले ढाकेको बताए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese