no comments

पौडेलको निधनप्रति कास्की काँग्रेसद्वारा दुःख व्यक्त

पोखरा, ८ माघ / नेपाली काँग्रेस कास्कीले क्षेत्रीय प्रतिनिधि सुमन पौडेलको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

कास्की काँग्रेसले शोक विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

पोखरा महानगरपालिका ११ रानीपौवा, तुल्सिमार्ग निवासी ४४ वर्षीय पौडेलको माघ २ गते मष्तिस्कघातका कारण निधन भएको हो ।

उनको पार्थिव शरीर बुधबार पोखरा रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा र कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।

पौडेल सिद्व महायोग साधना केन्द्रको सदस्यका रुपमा समेत काम गर्दै आएको मामा भोला बरालले जानकारी दिए । पौडेलका १ छोरा र १ श्रीमती छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese