no comments

पोखरामा ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्करदिदा एकको मृत्यु

पोखरा, ३ भदौ / पोखरामा ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिंदा एक प्रहरी जवानको घटनास्थल मै मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा ग २ च २६२६ नम्बरको बोलेरो जिपले प्रहरीको ग१ब ३६९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर थिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक प्रहरी जवान २० वर्षीय चन्द्र बहादुर बगालेको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रहरीको मोटरसाइकलमा हिड्ने क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई जिपले ठक्कर दिँदा बैदाममा कार्यरत प्रहरी जवान बगालेको मृत्यु हो । मोटरसाइकलका पछाडी बसेका क्विक रेस्पोन्स टिमका ३४ वर्षीय प्रहरी हवलदार डम्बर बहादुर थारु गम्भीर घाइते छन् ।

उनको पोखराको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए । प्रहरीले जीप र जीप चालक पोखरा ५ का २३ वर्षीय विशाल केसीलाई नियन्त्रणमा लिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese