no comments

पोखरामा खाना पकाउने प्रतियोगितामा मल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी पहिलो, मास्टर सेफ सन्तोष साह सम्मानित

पोखरा, २८ चैत्र/ पोखरामा पर्यटकहरुलाई नेपाली खाना प्रति आकर्षण गराउन पकाउने प्रतियोगिता भएको छ । प्रतिपश्पर्धाको आयोजना होटल तालिम प्रदायक संघ र सेफ फेडेरेसनको आयोजना भएको प्रतियोगितामा विभिन्न तालिम प्रदायक संस्थामा प्रशिक्षार्थीले सहभागीता जनाएको थिए ।

प्रतिश्पर्धीको क्षमतालाई बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साहले मुल्यांकन गरेका थिए । विभिन्न ६ वटा तालिमप्रदायक संस्थाहरुले पहिलो पटक पोखरामा यस्तो प्रतिश्पर्धामा सहभागिता जनाएका थिए ।

एकघण्टा समय दिएर आफुलाई मन लागेको परिकार बनाएर पस्कने गरि प्रतिश्पर्धा गराइएको थियो । ती प्रतिश्पर्धीले नेपाली खाना पकाएका थिए । प्रतिश्पर्धामा मल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी प्रथम, राइनो होटल टे«निङ सेन्टर दोश्रो र तेश्रोमा हिमालयन कलेज अफ हस्पिटालिटी भए ।

नेपाली खानालाई प्रवद्र्धन गर्नका लागि प्रतिश्पर्धा आयोजना गरिएको आयोजकले बताएका छन् । आगामि दिनमा पनि यस्तै प्रतिश्पर्धा नेपाली खानाको गुणस्तर बिश्व बजारमा पुराउन सहयोगी हुने उनीहरुको भनाई छ ।

निर्णायकमा साहसँगै रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बरालले गरेका थिए । पोखरामा यस्ता तालिम प्रदायक संस्था १८ वटा छन् । शाहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै साहलाई विभिन्न ठाउँमा सम्मान समेत गरेका छन् ।

 

TechSansar.com - Technology Navigator website for Nepalese