no comments

गण्डकी प्रदेश सांसदमा कोरोना संक्रमण

पोखरा, १८ भदौ / गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चार दिनअघि स्वाब दिएका उनको बुधबार रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि उनले सामाजिक विकासमन्त्री नरदेवी पुनमगरलाई भेटेका थिए । उनी अहिले पोखरामै होम आइसोलेसनमा छन् ।

बिहीबार पोखरामा ३० जना सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पोखराको क्षयरोग उपचार केन्द्र भएको परीक्षणमा कास्कीको पोखरामा ३० जना, तनहुँमा २ जना र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिले सम्म २ हजार ३ सय १२ जनामा कोरोना संक्रमण देखिसकेको छ । त्यस मध्ये १ हजार ७ सय ६६ जनामा निको भएर घर फर्किएका छन् भने अहिले गण्डकी प्रदेशमा कोरोनाबाट १८ जनाको ज्यान गएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese