no comments

पोखरामा फागुनमा ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ हुने

पोखरा, २० पुष / पोखरामा फागुन तेस्रो साता ८ औं संस्करणको ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ हुने भएको छ । नेपाल पर्वतीय खेलकुद संघले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता १ महिना चल्लने छ ।

प्रतियोगितामा १५ खेल समाबेस हुने माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष तथा राखेपका सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।

प्रतियोगिता आयोजनाका लागि सम्वन्धित खेल संघका प्रतिनिधी सहित १७ सदस्यीय व्यवस्थापन समिति गठन गरेको उनले जानकारी दिए ।

प्रतियोगितामा ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ अन्तर्गत परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ्ग, रक क्लाइम्बिङ्ग, साइक्लिङ्ग, प्याराग्लाइडिङ्ग, क्रस कन्ट्रि रनिङ्ग, मोटर स्पोर्टस, टग अफ वार, रिङ्ग रेस्लिङ्ग, घोडा दौड, ट्रायथलन, गल्फ, स्केट वोर्डिङ्ग लगायतका १५ खेलमा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोसिगता सम्पन्न गर्न १ करोड ८८ लाख अनुमानित खर्च हुने माउन्टेन स्पोर्टस फेस्टिभलकी संयोजक सुवर्ण श्रेष्ठले जानकारी दिइन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने प्रतियोगिताहरु संचालन हुने उनले जानकारी दिइन् ।

प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, स्थानिय सरकार र प्रायोजक संस्थाहरुबाट खर्च उठाउने लक्ष्य रहेको उनले बताइन् ।

प्रतियोगितामा ५ सय भन्दा बढि खेलाडीको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताले गण्डकी प्रदेशमा पर्यटन विकासमा टेवा पुग्ने माउन्टेन स्पोर्टस फेडेरेशनका प्रदेश संयोजक समेत रहेका गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले बताए ।

महोत्सव पोखरामा फागुन २० गतेदेखि चैत २० गतेसम्म संचलन हुनेछ । सो अन्तर्गत माउन्टेन स्पोर्टस फेडेरेशनका प्रदेश संयोजक समेत रहेका गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट सहितको ६ सदस्यीय सचिवलायको कार्यदल गठन भएको छ । सदस्यमा लक्की क्षेत्री, वसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहेका छन् ।

 

 

 

TechSansar.com - Technology Navigator website for Nepalese