no comments

गण्डकी प्रदेशमा विशेष अधिबेशनको माग गर्दै निबेदन दर्ता

सागर राज तिमिल्सिना
पोखरा, ३० मंसिर /नेपाली नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेश सभाको विशेष अधिबेशन तत्काल बोलाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशमा पत्रबुझाएका छन् ।

मंगलबार प्रदेश प्रमुखको कार्यालय गण्डकी मार्फत प्रदेश प्रमुख अमिक शेरचनलाई विशेष अधिबेशन तत्काल बोलाउन माग गरे ।

नेपाल काग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली र जनता समाजवादी पार्टी नेपालका संसदीयदलका नेता हरिशरण आचार्यले प्रदेश प्रमुखको कार्यालयका एमप्रसाद सुबेदीलाई पत्र बुझाए ।

नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार गण्डकी प्रदेश सभाको विशेष अधिवेशन तत्काल बोलाउन माग गरेका नेपाली काग्रेसका सचेतक कृष्णचन्द्र नेपालीले बताए ।

उनले कोरोनाका विरामी दिन प्रतिदिन बढि रहदा पनि परिक्षणका दाएरा घटाएको, जनता आधारभुत कुराहरुलाई सरकारले ध्यान नदिएको लगाएतका कुरा संसदबाट सरकारको खबरदारी गर्न संसद बोलाउन माग गरेको बताए ।

उनीहरुले संविधानको धारा ३५ को उपधारा १ र ३ मा गरिएको स्वास्थ्य सम्बन्धी मौलिक हकको व्यवस्था ऐच्छिक नभई बाध्यकारी हो भन्ने सरकारले नबुझेको ।

महंगी अस्वाभाविक रुपमा बढेको, बेरोजगारीको बृद्धिक कारण गरीवीको रेवामुनीको संख्या अत्याधिक बढेको, भुकम्प पिडितका समस्या त्यस्तै रहेका कारण सरकारलाई खबरदारी गर्ने संसदको विषेश अधिबेशनको माग गरेको जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता हरीशरण आचार्यले बताए ।

गण्डकी प्रदेशमा ६० जना सांसदहरु छन् । त्यस मध्ये नेपाली काग्रेसका १५ जना र जतना समाजबादी नेपालका २ जना गरि १७ जना सांसदले विषेश अधिबेशनको माग गरेका छन् । विषेश अधिबेशनको माग गर्न २५ प्रतिशत सांसदको हस्ताक्षर भए पुग्छ ।

TechSansar.com - Technology Navigator website for Nepalese