no comments

गण्डकी प्रदेशको प्रदेश प्रमुखमा सीता पौडेल नियुक्त, को हुन् पौडेल ?

पोखरा, २१ वैशाख/ गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ ।

पौडेल र यादवलाई प्रदेश प्रमुखमा नियुक्तिको लागि सरकारले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेको थियो ।

नवनियुक्त प्रदेश प्रमुखको राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
गण्डकी प्रदेश प्रमुख पौडेल लामो समयदेखि कम्युनिष्ट पार्टीमा आवद्ध छिन् ।

नेकपा एमालेको केन्द्रीय सदस्य उनी प्रधानमन्त्री कार्यालयमा विज्ञ सल्लाहकार समूहमै छिन् । उनी एमालेको महिला संगठन अखिल नेपाल महिला संघको महासचिव थिइन् । भूमिगतकालदेखि नै सक्रिय महिला नेतृ हो ।

पौडेल गण्डकी प्रदेशको तेस्रो प्रदेश प्रमुख हुन् । यसअघि प्रदेश प्रमुखको रुपमा बाबुराम कुँवर र अमिक शेरचनले काम गरिसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese