no comments

गण्डकीमा अविश्वासको प्रस्ताव माथि २७ गते मतदान

पोखरा, २४ बैशाख/ गण्डकी प्रदेशको केही दिने पहिलेबाट रोकिएको विषेश अधिबेशन २७ गते बस्ने भएको छ । बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा २७ गते बैठक बस्ने सहमती जुटेको हो ।

बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको थियो ।

सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरेका थिए । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो ।

तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि जनमोर्चाकी सचेतक पियारी थापाले आफ्ना सांसद हराएको भन्दै बैठक रोक्न माग गर्दै निवेदन दिएकी थिइन् । सभामुखले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese